भाइरल ‘भेलु बाजे’को निधन

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौं । ‘भेलु बाजे’ नामले चर्चित प्यूठान नगरपालिका–४ का मीनबहादुर बुढामगरको निधन भएको छ ।  शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतको समस्या रहेका बुढामगरको उपचारको क्रममा बिहीबार साँझ जिल्ला अस्पताल प्यूठानमा मृत्यु भएको हो । अत्यधिक मदिरा सेवनका कारण कमजोर बनेका उनको शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतका समस्या थिए ।  ६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ थिए । लोकप्रिय बन्दै गएपछि उनले केही हाँस्य टेलिशृंखलामा अभिनय र गीत गाउने समेत अवसर पाएका थिए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार