‘८५ प्रतिशत चिनियाँ सरकारप्रति सन्तुष्ट’ 

शनिबार, वैशाख २५, २०७८

बेइजिङ । स्पेनको चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटले ८५ प्रतिशत चिनियाँहरू आफ्नो सरकारप्रति सन्तुष्ट रहेको सार्वजनिक गरेको छ ।  चीन समस्या विशेषज्ञ जुलियो रियोसको लेखमा अधिकांश चिनियाँ वर्तमान् नेतृत्वप्रति सकारात्मक रहेको बताइएको छ । पश्चिमी मुलुकहरूले चीनलाई बदनाम बनाउने उद्देश्य बोकेको दाबी गर्दै उनले आफ्नो स्वार्थलाई संरक्षण गर्न पश्चिमा मुलुकहरूले गरेको प्रचारप्रसारलाई चिनियाँ परिवेशमा नरूचाइने गरेको उल्लेख छ । जिुलियो रियोसले चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटलाई उद्धृत गर्दै बिहीबार प्रकाशित लेखमा ८५ प्रतिशत चिनियाँहरु आफ्नो सरकारप्रति सन्तुष्टि व्यक्त गरेका बताएका छन् । रियोसका अनुसार ३५ प्रतिशत अमेरिकीहरु मात्रै अमेरिकी सरकारप्रति सन्तुष्ट छन् तर चीनको सार्वजनिक जनमत सरकारद्वारा निरन्तर रुपमा जनताको जीवनलाई सुधार गरिरहेको आधारमा जन्मिएको छ ।–सिन्ह्वा 
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार