सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । औषधि उत्पादक कम्पनी फाइजरको भारतस्थित शाखाले आपतकालीन अवस्थामा कोभिड–१९ विरुद्धको खोप फाइजरको प्रयोगका लागि भारतमा पनि आवेदन दिएको छ । कम्पनीले भारतीय औषधि महानियन्त्रक (डिसिजिआई) समक्ष औपचारिक प्रयोगका लागि अनुमति मागेको हो । यसअघि कोभिड–१९ विरुद्धको भ्याक्सिन फाइजरले बेलायत र बहराइनमा प्रयोगको अनुमति पाइसकेको छ । कम्पनीले दर्ता गरेको निवेदनमा औषधि आयात र वितरणको समेत माग गरेको छ । साथै औषधि तथा खोप कानुनअनुसार भारतमा क्लिनिकल परीक्षणका लागि समेत अनुमति मागेको छ । फाइजर इन्डियाले कोभिड–१९ को भ्याक्सिन आपतकालीन प्रयोगका लागि ४ डिसेम्बरमा डिजिसिआईसमक्ष अनुमति मागेको हो । गत बुधबार बेलायतले अस्थायी रूपमा फाइजरको भ्याक्सिन प्रयोगको अनुमति दिएको थियो । त्यसपछि शुक्रबार बहराइनले पनि अनुमति सार्वजनिक भएको थियो । यही क्रममा औषधि निर्माण कम्पनी फाइजर र जर्मन सहयोगी संस्था बायोएनटेकले ४ डिसेम्बरमा भारतमा पनि अनुमतिका लागि निवेदन दिएका हुन् । कम्पनीले सबैभन्दा पहिला अमेरिकामा अनुमतिका लागि निवेदन दिएको थियो ।–एजेन्सी