जटिल प्रकृतिका बिरामी रेफर नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

‘जथाभावी औषधि सेवनले पनि जटिल परिस्थिति ल्याउन सक्छ’ 
शुक्रबार, वैशाख २४, २०७८

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका संक्रमितलाई रेफर नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । अस्पतालमा भर्ना भई उपचार गराइरहेका जटिल प्रकृतिका बिरामीलाई निजी अस्पतालहरुले रेफर गरेको जनगुनासो आएपछि स्वास्थ्य मन्त्रालयले यस्ता बिरामीलाई आफैं कहा राखेर उपचार गर्न तथा रेफर नगर्न भनेको हो । ‘उपचार भइरहेको संक्रमितको अन्य अस्पतालमा पठाउनुपूर्व पठाइने अस्पतालमा उपचार हुने व्यवस्था सुनिश्चित गरी चिकित्सकसँग समन्वय गरेर मात्रै गर्न निर्देशन दिइएको छ’, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्् ।

सहप्रवक्ता डा.अधिकारीले जथाभावी औषधि सेवन नगर्न पनि संक्रमित, संक्रमणको आशंका गरिएकासहित सबैलाई आह्वान गरेका छन् । ‘चिकित्सकको सल्लाहबमोजिम मात्रै औषधि प्रयोग गर्नु पर्छ’ सहप्रवक्ता डा. अधिकारीले भनेका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत आधिकारिक र प्रमाणित कामकुरा गर्न पनि उनले विज्ञप्तिमा सजक गराएका छन् ।   स्वास्थ्य संकटको यस्तो अवस्थामा सबै नेपालीलाई संवेदनशील बनेर सहकार्य, समन्वय गर्न र एकार्काको स्वास्थ्यको रक्षा र उपचारका लागि जुट्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।  मन्त्रालयले सबैमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्रै स्वास्थ्यसम्बन्धी व्यवहार तथा गतिविधि गर्न अनुरोध गरेको छ । अनावश्यक हल्लाको पछि लागेर भ्रममा नपर्न तथा सहयोगी भावनाले संक्रमण रोकथाम तथा नियन्त्रणमा भूमिका निर्वाह गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  ०६:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार