प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो

बुधबार, वैशाख ६, २०८०

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो  गरिएको छ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधानमन्त्री प्रचण्ड कहाँ पुगेको हो ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेकाले मिति भने सार्वजनिक गरिएको छैन ।  वैशाख २८ देखि जेठ ४ गतेको बिचमा प्रधानमन्त्रीको भ्रमण हुन सक्ने जनाइएको छ । परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी थालिसकेका छन् । भ्रमणको क्रममा केही विषयमा सम्झौता हुने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार