‘घुम्तीमा नआऊ है’ का गायक प्रेमध्वज प्रधानको निधन

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या देखिएपछि केही दिन अघि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । सिन्धुपाल्चोकको चौतारामा विसं १९९४ सालमा उनको जन्म भएको हो ।  स्वर्गीय प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार