उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगर प्रमुख चिरीबाबु

नागढुंगामा अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम राखिने
शुक्रबार, चैत २४, २०७९

ललितपुर । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन् । काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन् ।
उनीहरू क्रमशः सूर्यविनायक, चन्द्रागिरि, टोखा, तारकेश्वर र मध्यपुरथिमीका नगरप्रमुख हुन् । फोरम सदस्यमा उपत्यकाका बाँकी सबै नगरका प्रमुख र उपप्रमुख छन् ।

339882861_2321733227999877_6701416031137368675_n1680877783.jpg
बिहीबार सम्पन्न फोरमको बैठकले नयाँ कार्यसमिति चयन गर्दै उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुंगा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । उपत्यका मेयर्स फोरमका महासचिव तथा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले अटोमेटिक भेहिकल डिटेक्सन  एन्ड मनिटरिङ सिस्टमले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनको विवरण अटोमेटिक रुपमा रेकर्ड राख्ने बताए । उनले भने, ‘यो सिस्टमले सवारीसाधनको रेकर्ड व्यक्तिले हातले लेखेर राख्ने झन्झन्ट हट्छ ।’

chiri1680844466.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार