सरकारको न्युनतम साझा कार्यक्रममा गठबन्धन दलबीच सहमति

साँझ ५ बजे सार्वजनिक गर्ने तयारी
बिहीबार, चैत २३, २०७९

काठमाडौं । राष्टपति निर्वाचनका बेला बनेको सत्ता गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम तय गरेको छ ।  सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ । सरकारको न्यूनतम साझा कार्यक्रममा छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । गठबन्धन दलमा सहमति सहमति भएसँगै आज साँझ ५ बजे सरकारको न्यूनत साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

Gat1680764770.jpg
आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ ।
सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो । कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत सदस्य थिए ।
कार्यदलले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको न्युनतम साझा कार्यक्रमलाई सामान्य परिमार्जन गरी सार्वजनिक गर्न लागिएको हो ।

ga1680764768.jpg

 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार