सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको छ । राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइका लागि फुयाँलको इजलासमा पेशी तोकिएको हो । सुनुवाइ पेसी सूचीको ‘ज’ नम्बरमा छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो । सोमबार युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए। यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । महान्यायाधीवक्ताले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय कानुनविपरित रहेको भन्दै पौडेलले रिट दायर गरेका हुन् । पौडेलले यसअघि लामिछानेको सांसद पदको अयोग्यतासम्बन्धी रिट दायर गरेका थिए । सो रिटमा सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता पुनस् प्राप्तिको प्रक्रिया पूरा नभएको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो ।