प्रदेश नामाकरणको विरोधमा ज्यान गुमाएका पदमको परिवारलाई प्रदेश सरकारले ३ लाख दिने 

सोमबार, चैत १३, २०७९

काठमाडौं । प्रदेश नामकरणपछि भएको विरोध प्रदर्शनीमा ज्यान गुमाएका पदम (लाजेहाङ) लिम्बूको परिवारलाई कोशी प्रदेश सरकारले राहतस्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।  प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहत दिने निर्णय गरेको हो । 
कोशी प्रदेश नामकरणको विरोधमा ५ चैतमा विराटनगरमा भएको  विरोध  प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो । प्रदेश सरकारले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकलाई श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ ।
मन्त्रिपरिषद बैठकले घटनाको  छानबिनका लागि संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने पनि निर्णय गरेको छ ।
बैठकले प्रदेशको नामकरणका लागि भूमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय  र  प्रदेश सभामा उपस्थित राजनीतिक दलहरुलाई धन्यवाद पनि दिएको सरकारका प्रवक्ता मन्त्री भक्ति सिटौलाले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार