नेपाल प्रहरीका ४ डिआइजी एआइजीमा बढुवा सिफारिस

सोमबार, चैत १३, २०७९

काठमाडौं । गृह मन्त्रालयले ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ। सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
प्रहरी महानिरीक्षक सदस्य सचिव हुने बढुवा समितिमा अध्यक्ष गृह सचिव र सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सदस्य हुन्छन् । धिरज प्रताप सिंहले महानिरीक्षकबाट अवकाश पाएसँगै उनका ब्याचीहरुले अवकाश पाएका थिए । खाली रहेको चार एआइजी पदमा सोमबार बढुवा सिफारिस गरेको हो ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार