मन्त्रिमण्डलमा जाने नेताको नाम टुङ्ग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै 

सोमबार, चैत १३, २०७९

काठमाडौँ । मन्त्रिपरिषद्मा जाने सदस्यको बारेमा निर्णय लिन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । मन्त्रिपरिषद्मा जाने सदस्यको बारेमा सहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने गरी भोलि (चैत १४ गते) पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । काँग्रेस मुख्यालय सानेपामा बिहान ९ बजे बस्ने बैठकमा पार्टीका तर्फबाट सरकारका सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनकारी दिएका छन् ।

राष्ट्रपति निर्वाचनका बेला बनेको गठबन्धनमा काँग्रेस ठूलो पार्टी हो । उसले यसअघि एमालले सरकारमा जाँदा लिएका मन्त्रालयमा आफूहरुको दाबी रहने बताउँदै आएको छ । मन्त्रिपरिषद्मा काँग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा जाने तयारीमा छ । अर्थमन्त्रीमा भने सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र डा. प्रकाशशरण महतलाई पठाउने तयारी गरेका छन् । पूर्णबहादुरलाई उपप्रधानमसहित रक्षा मन्त्रालय दिने काँग्रेसको तयारी छ । 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार