संक्रमणकालीन न्याय र सभामुखको तजबिजी अधिकार कटौती विषयमा छलफल

प्रधानमन्त्री प्रचण्डसँग सभामुख घिमिरेको भेट
सोमबार, चैत १३, २०७९

काठमाडौँ । प्रतिनिधिसभा सभामुखको तजबिजी अधिकार कटौती गर्न सत्ता गठबन्धनमा छलफल भएकै बेला सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज भेट गरी उक्त विषयका बारेमा जानकारी लिन चाहेका छन् । सभामुखको तजबिजी अधिकारी कटौतीको बहस सुरु भएपछि सभामुख घिमिरेले विभिन्न दलका नेताहरुसँग परामर्श गर्दै आएका छन् ।
सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गत ६ चैतमा प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन पेश भएको थियो । त्यसमा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । जसमा ‘विगतमा सभामुखले प्रयोग गर्दै आएका तजबिजी अधिकार कटौती गर्ने’ संशोधन प्रस्ताव सत्तारुढ दलहरुका सांसदहरुबाट परेको छ ।
सत्तारुढ दलहरु कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार सदन सञ्चालन हुनुपर्नेमा अडिग छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उनीहरुबीच छलफल भएको हो । सदनल अहिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने वधेयक पेश भइ छलफलको चरणमा छ ।
प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।
सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार