बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत

शुक्रबार, चैत १०, २०७९
मयुर प्लाई

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकिकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले माघ ३ गते पहिलो पटक विश्वासको मत प्राप्त गरेका थिए ।
माओवादी नेतृत्वको सरकारमा सहभागि भएको राप्रपाले केन्द्रीय समिकरणमा फेरबदल भएको भन्दै गत गत फागुन १३ गते बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर सरकार छाडेको थियो ।
राप्रपाले सरकार छाडेपछि पुनः विश्वासको मत लिनुपर्ने भएपछि मुख्यमन्त्री जम्कट्टेलले आज विशवासको मतको लागि प्रदेशसभामा प्रस्ताव गरेका थिए ।
जम्कट्टेलले विश्वासको मतको लागि गरेपछि उनलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएको छ ।
जम्मकट्टेलले कुल ११० प्रदेशसभामा आजको बैठकमा उपस्थित ९१ मध्ये ६७ जनाले विश्वासको मत दिएका छन् भने विपक्षमा १७ मत परेको छ । मत दिन्न भन्नेमा ७ मत छ ।

प्रदेश सरकारबाट एमालेका मन्त्रीको राजीनामा
यसअघि बागमती प्रदेश सरकारका चारजना मन्त्रीले आजै राजीनामा दिएका छन् । प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गरेका थिए ।
नेकपा(एमाले)बाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल थिए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार