बागमती गाउँपालिकामा तीन जना क्षयरोगी भेटिए, डट्स प्रविधिबाट उपचार थालियो

मंगलबार, चैत ७, २०७९

भट्टेडाँडा (ललितपुर) । दक्षिण ललितपुरको बागमती गाउँपालिकामा तीनजना क्षयरोगी पहिचान भएका छन् । स्वास्थ्य कार्यालय ललितपुरले बागमती  गाउँपालिका वडा नम्बर ४, प्युटारको थाङ्सिङटार अस्पतालमा ५४४ जनाको परीक्षण गर्दा ३ तीन जनामा क्षयरोग पुष्टि भएको हो ।  उनीहरुको अहिले डट्स प्रविधिबाट उपचार सुरु गरिएको बागमती गाउँपालिका स्वास्थ्य संयोजक समीर श्रेष्ठले जानकारी दिए । 
‘बागमती गाउँपालिकाको वडा नम्बर २, ४, ६ र मकवानपुरको बकैया गाउँपालिकाका केही वडाका मानिसहरुलाई गरिएको परीक्षणमा तीनजनालाई लक्षण नदेखिएको टिबी (क्षयरोग) पुष्टि भयो,’ श्रेष्ठले भने, ‘उहाँहरुलाको डट्स प्रविधिबाट उपचार सुरु गरेका छौँ।’

334067271_221752090358432_1208533657677920904_n1679397162.jpg
क्षयरोग देखिएका तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । उनका अनुसार एक्सरे र खकार परीक्षणबाट क्षयरोग पहिचान भएको हो ।  गत शनिबार भएको स्वास्थ्य शिबिरमा ५४४ जनाको स्वास्थ्य परीक्षण भएको थियो । जसअन्तर्गत आयुर्वेदमा १७५, आँखा १३५, ल्याव सेवा ८४, प्रसुती तथा स्त्री ९८, बालरोग ९८, एक्सरे सेवा १४८, छालारोग ७२, स्त्री भिडियो एक्सरे १७, दन्त रोग ४८, जनरल मेडिसिन २०६ र पोषण ९८ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टले जानकारी दिए ।  ‘बागमती ४ को थाङसिङटार अस्पतालमा बृहत एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान अन्तर्गत निशुल्क स्वास्थ्य परीक्षण गरेका हौँ,’ विष्टले भने।

334276240_728153362351799_8879128293064070256_n1679397163.jpg
यसैगरी आइतबार बागमती गाउँपालिकाकै वडा नम्बर ७  गिम्दीमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण  तथा जेष्ठ सम्मान कार्यक्रम भएको छ । १५ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली परीक्षणमा खटिएका थिए। एकसय १० नागरिकको स्वास्थ्य परीक्षण भएको उनले जानकारी दिए ।

334241769_230961686106814_3663515797217445205_n1679397160.jpg

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार