सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब विश्वासको मत लिने अवस्था नआउने दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा सोमबार विश्वासको मत मागेपछि नेकपा एसका अध्यक्ष नेपालले त्यस्तो अवस्था नआउने आफूलाई विश्वास रहेको बताए । एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर प्रश्न गरेपछि जवाफमा नेपालले भने, ‘त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ । अब यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकासको बाटोमा अगाडि बढाएर लिएर जान्छ, राष्ट्रको सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ’ उनले भने । प्रचण्डले गत २६ पुसमा विश्वासको मत लिएका थिए । प्रचण्डले नेकपा एमालेसहितको दलको १० पुसमा प्रधानमन्त्री बने पनि राष्ट्रपति निर्वाचनका बेला गठबन्धन फेरेर नयाँ गठबन्धनमा आएका छन् । ‘यो अवस्था आउने निश्चित भन्ने मलाई लागिरहेको थियो । हामी नजिकबाट यसो चियाउने त हो नि, अलि अलि नाडी छाम्ने हो, घटनाक्रमलाई यसो हेर्ने हो, किन यस्तो भएको छ भन्ने अध्ययन गर्ने हो । अलि अलि मनोविज्ञानले काम गरेको छ भने अनुहार हेरेर मनोविज्ञानको अध्ययन गर्ने हो । बर ब्यवहारको आधारमा बुझ्ने हो । यी सबै कुराको सन्दर्भमा यो अवस्था आउनु अवश्यंम्भावी थियो आयो’ उनले भने । अध्यक्ष नेपालले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार पाँच वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको दाबी गरे । उनले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार पाँच वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको उल्लेख गरे । उनले भने, “अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ । राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्छ ।” अहिलेको दिन आउनसक्ने परिस्थितिको पहिले नै आँकलन गरिएको बताउँदै अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीले यसअघि नै स्पष्ट गरिसक्नुभएको उल्लेख गरे । “हाम्रो मानसिकता अरुलाई दोष दिनेछ”, उनले भने, “आफनो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान सक्दैन । यसप्रति सबै नेता र सांसदलाई ध्यानाकर्षण गर्न चाहन्छु ।” प्रधानमन्त्रीले राख्नुभएको विश्वासको प्रस्तावलाई समर्थन गर्दै अध्यक्ष नेपालले प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन आग्रह गरे ।