ललितपुर महानगरको अव्यवस्थित तार व्यवस्थित गर्न उपप्रमुखको संयोजकत्वमा कार्यदल

एक महिनाभित्र कुपण्डोलदेखि सातदोबाटोसम्मको तार व्यस्थापन गरिने 
सोमबार, चैत ६, २०७९

ललितपुर । महानगरपालिकाभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न ललितपुर महानगरका उपप्रमुखको संयोजकत्वमा सरोकारहरु संलग्न कार्यदल गठन गरिएको छ ।  ललितपुर महानगरले तार व्यवस्थापनका लागि सरोकारवालासहित आइतबार आयोजना गरेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

1653558288.jpgकार्यदलको सदस्यमा विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल, नेपाल प्रहरी, दुरसंचार प्राधिकरण रहेको छ । कार्यदलको सदस्य सचिवको जिम्मेवारी नगर प्रहरी बल, ललितपुर महानगरलाई दिइएको छ । तार व्यवस्थापन गर्न ललितपुर महानगरले सरोकारवालालाई बोलाएर आयोजना गरेको कार्यदल गठन गरेको हो । कार्यदलले एक महिनाभित्र मछिन्द्रनाथको रथ जात्रा हुने स्थान र कुपण्डोलदेखि सातदोबाटोसम्मको मूल सडकको अव्यवस्थित तार एक महिनाभित्र हटाउनेछ । यसअघि महानगरको अगुवाइमा महानगरको चारवटा अशोक स्तुपा क्षेत्र वरपर टाँगिएका तार, कुम्भेश्वर मन्दिर परिसरमा टाँगिएका तार, पाटन दरबार क्षेत्र वरपरका तार र श्री रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएको व्यवस्थापन भइसकेको छ । 
नगर प्रमुख चिरीबाबु महर्जनले गुजुल्टिएको तारमा  आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि यी तार तत्काल हटाउनु पर्ने उनको भनाई थियो । यी तारका कारण सहर कुरुप भएको दाबी गर्दै भने, ‘नगर र नगरवासीको सुरक्षा पहिलो हो, यी तारले ललितपुरलाई स्मार्ट सिटी बनाउने हाम्रो अभियानलाई बाधा पु¥याएको छ ।’ नगर प्रमुख महर्जनले पहिलो चरण अन्तर्गत तोकिएको समयअवधि अघि नै तार व्यवस्थापन गरेकोमा धन्यवाद दिए ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार