प्रधानमन्त्री प्रचण्डले आज सदनमा विश्वासको मत लिँदै

सोमबार, चैत ६, २०७९
मयुर प्लाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिने भएका छन् । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सोमबार दिउँसो १ बजे बस्ने संसदको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख गरेका छन् ।
प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्ति भएका थिए । सरकार बन्दाका बेलाका सहयायी मध्ये नेकपा एमाले तथा राप्रपाले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको हो । सहयात्री दलहरुले एकपछि अर्काे गरी समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मतको पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी, रास्वपा, एकीकृत समाजवादी, जनता समाजवादी, नेपाल समाजवादी, लोसपा, जनमत, नागरिक उन्मुक्ति, जनमोर्चासहितका दलहरु उभिएका छन् । विपक्षमा एमाले, राप्रपा र नेककिपा उभिएको छ ।

https://www.nepalpress.com/wp-content/uploads/2023/03/336608236_174912718639022_848027502026988012_n.jpg

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार