गोदावरी नगरपालिकाका प्रत्येक वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गरिने

गोदावरीको वडा नंं.१० मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण हुँदै

नगर प्रमुख भन्छन्,‘ ज्येष्ठ नागरिकलाई खुशी राख्न निर्माण गरेका हौं’
शनिबार, चैत ४, २०७९

ललितपुर । गोदावरी नगरपालिकाको वडा नं १० बोहराटारमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण हुने भएको छ । राधा सर्वेश्वरधामसँग निर्माण हुने उक्त दिवा सेवा केन्द्रको शनिबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गरे । ज्येष्ठ नागरिकका लागि निर्माण गर्न लागिएको यो भवन साढे दुई तल्लाको हुनेछ ।
नगर प्रमुख गजेन्द्र महर्जनले ज्येष्ठ नागरिकलाई दिउँसोको समय बिताउन सजिलो होस् भन्दै नगरपालिकाले प्रत्येक वडामा यस्ता केन्द्र निर्माणको अवधारणा ल्याएको बताए ।

WhatsApp Image 2023-03-18 at 19.55.221679149722.jpeg

निर्माण कार्य अन्तिम चरणमा पुगेको सर्बेश्वर मन्दिर ।

ज्येष्ठ नागरिकको सम्मानका लागि दिवा सेवा केन्द्र निर्माण गरेको प्रष्ट पार्दै केन्द्रले ज्येष्ठ नागरिकको दैनिकी सजिलो बनाउने उनले दाबी गरे । उनले भने, ‘परिवारका सदस्य पढाई र जागिरको कारण दिनभर घर बस्ने अवस्था नहुन सक्छ, त्यो अवस्थामा घरमा एक्लै बस्दा एक्लोपन र दिक्दारी महुसस नहोस् भनेर केन्द्र बनाएका हौं, दिनभर आमाबुबाले यहाँ आएर समय व्यतित गर्न सक्नुुहुन्छ ।’ यी केन्द्रले ज्येष्ठ नागरिकलाई खुशी राख्न सहयोग गर्ने दाबी उनले गरे । केन्द्रमा ज्येष्ठ नागरिकले भजनकीर्तन गर्न सक्छन् । ज्येष्ठ नागरिकले केन्द्रमा आएर आफ्नो अनुभव आदानप्रदान गर्न सक्ने महर्जनले बताए । गोदावरी नगरपालिका प्रत्येक वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माणको अवधारणा अघि सारेको छ । जस अनुसार वडा नंं.१२, ११, १४ मा यो केन्द्र निर्माण भइसकेको छ । नगरपालिकाले उक्त केन्द्र निर्माणका चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट काम सुरु गरेको नगरपालिकाले जनाएको छ ।

WhatsApp Image 2023-03-18 at 19.55.211679149727.jpeg
वडा नंं.१० का वडा अध्यक्ष शेखर न्यौपानल यो केन्द्र शारीरिक र मानसिक स्वास्थ्यसँग जोडिएको विषय भएको बताए । उनले भने, ‘ उहाँहरुको सम्मानमा हामीले यो केन्द्र बनाएका हौ, घरमा एक्लै बस्नु भन्दा केन्द्र आएर बस्दा बुवाआमा फ्रेस हुनुहुन्छ । ’
वडाअध्यक्ष न्यौपानेका अनुसार भवनमा ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण गरिनेछ । ज्येष्ठ नागरिकको जमघट स्थलको रुपमा भवनलाई व्यवस्थित गरिने उनले जानकारी दिए । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको भवन निर्माण स्थलसँगै नगरपालिकाले निर्माण गरिरहेको राधासर्बेश्वरधाम अन्तर्गत सर्बेश्वर मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो क्षेत्र वडा नं.१० को मात्रै नभएर गोदावरी नगरपालिकाको नै आकर्षक क्षेत्रमा रुपान्तरण भएको छ ।

 

 

 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार