गृहसचिवसहित सुरक्षा अधिकारी बालुवाटारमा

प्रधानमन्त्रीले जानकारी लिए देशको पछिल्लो सुरक्षा अवस्थाबारे

शनिबार, चैत ४, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसचिव तथा सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री निवास पुगेका गृहसचिवलगायत सुरक्षा अधिकारीले प्रधानमन्त्रीसमक्ष देशको सुरक्षाा अवस्तथाबारे ब्रिफ्रिङ गरे ।
यस क्रममा प्रधानमन्त्री प्रचण्डले स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन, निर्वाचन शान्तिपूर्ण बनाउन र विश्वविद्यालयरक्याम्पसहरूमा सहयोगात्मक वातावरण बनाउन गृहसचिव तथा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्।
देशको पछिल्लो सुरक्षा व्यवस्थाबारे जानकारी लिन तथा आवश्यक निर्देशन दिन प्रधानमन्त्री प्रचण्डले आज गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई सरकारी निवास बालुवाटार बोलाएका थिए ।

 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार