सत्तारुढ गठबन्धनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन सहमति

शनिबार, चैत ४, २०७९
मयुर प्लाई

काठमाडौँ । सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठकले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भएको हो । बैठकमा सङ्घीय संसद्मा पेस गर्ने विधेयकका बारेमा छलफल भएको थियो ।  बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । बैठकमा  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतको सहभागिता थियो । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनपछि मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार