गोदावरीको वडा नंं.१० मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण हुँदै

नगर प्रमुख भन्छन्,‘ ज्येष्ठ नागरिकलाई खुशी राख्न निर्माण गरेका हौं ’
शनिबार, चैत ४, २०७९

ललितपुर : गोदावरी नगरपालिकाको वडा नं १० बोहराटारमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण हुने भएको छ । राधासर्वेश्वरधामसँग निर्माण हुने उक्त दिवा सेवा केन्द्रको शनिवार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गरे । नगर प्रमुख गजेन्द्र महर्जनले ज्येष्ठ नागरिकलाई दिउँसोको समय बिताउन सजिलो होस् भन्दै नगरपालिकाले प्रत्येक वडामा यो केन्द्र निर्माणको अवधारणा ल्याएको बताए । ज्येष्ठ नागरिकको सम्मानका लागि दिवा सेवा केन्द्र निर्माण गरेको प्रष्ट पार्दै केन्द्रले ज्येष्ठ नागरिकको दैनिकी सजिलो बनाउने दाबी गरे । उनले भने, ‘परिवारका सदस्य पढाई र जागिरको कारण दिनभर घर बस्ने अवस्था नहुन सक्छ, त्यो अवस्थामा घरमा एक्लै बस्दा एक्लोपन र दिक्दारी महुसस नहोस् भनेर केन्द्र बनाएका हौं, दिनभर आमाबुबाले यहाँ आएर समय व्यतित गर्न सक्नुुहुन्छ । ’ यी केन्द्रले ज्येष्ठ नागरिकलाई खुशी राख्न सहयोग गर्ने दाबी उनले गरे । केन्द्रमा ज्येष्ठ नागरिकले भजन कीर्तन गर्न सक्छन् । ज्येष्ठ नागरिकले केन्द्रमा आएर आफ्नो अनुभव आदानप्रदान गर्न सक्ने महर्जनले बताए । गोदावरी नगरपालिका प्रत्येक वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माणको अवधारणा अघि सारेको छ । जस अनुसार वडा नंं.१२, ११,१४ मा यो केन्द्र निर्माण भइसकेको छ । नगरपालिकाले उक्त केन्द्र निर्माणका लागि २० लाख विनियोजन गरेको छ । वडा नंं.१० का वडा अध्यक्ष शेखर न्यौपानेले यो केन्द्र शारीरिक र मानसिक स्वास्थ्यसँग जोडिएको विषय भएको बताए । उनले भने, ‘ उहाँहरुको सम्मानमा हामीले यो केन्द्र बनाएका हौ, घरमा एक्लै बस्नु भन्दा केन्द्र आएर बस्दा बुवाआमा फ्रेस हुनुहुन्छ । ’

333441756_918295722625214_2197376008187449132_n1679135259.jpg

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार