प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

शनिबार, चैत ४, २०७९

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले आइतबार बैठक बोलाएको हो ।
बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बोलाइएको छ । प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिंदैछन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिए ।  
बैठक बिहान १०ः३० बजे नयाँवानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने छ ।

 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार