ललितपुर महानगरमा अर्को पार्क बन्दै

कुपण्डोलको शहिद शुक्रराज पार्क पुनर्निर्माण सुरु
शनिबार, चैत ४, २०७९

ललितपुर ।  ललितपुर महानगर कुपण्डोलस्थित शहिद शुक्रराज पार्क पुनर्निर्माण  हुने भएको छ । उक्त पार्क पुनर्निर्माण गर्नका लागि शुक्रवार ललितपुर महानगर र होटेल हिमालय प्राइभेट लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र होटेल हिमालय प्रा.लि.का अध्यक्ष नविन तुलाधरले हस्ताक्षर गरे ।

WhatsApp Image 2023-03-18 at 12.53.251679129561.jpeg
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले हरियाली प्रबद्र्धनका लागि पार्क निर्माण र पुनर्निर्माणलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘पार्क निर्माण महानगरको महत्वपूर्ण योजना हो, हामीले पार्क निर्माण र पुनर्निर्माणलाई महत्व दिएका हौं ।’
ललितपुर महानगरले नगरभित्र एक दर्जनभन्दा बढी पार्क निर्माण गरेको छ ।

WhatsApp Image 2023-03-18 at 12.54.231679129566.jpeg
महानगरले खुल्ला क्षेत्र संरक्षण नीति लागू गरेको छ । उक्त नीति अनुसार सार्वजनिक जमिनमा भौतिक पूर्वाधार निर्माण गर्न दिइएको छैन । होटेल हिमालयका अध्यक्ष नविन तुलाधरले महानगरको हरियाली प्रबद्र्धन गर्र्ने अभियानको हिस्सा बन्न पाएकोमा खुशी व्यक्त गरे । यो पार्क ६ महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।
पार्क पुनर्निर्माणपछि पार्कमा फूल बिरुवा लगाउने, मलजल दिने, गोडमेल गर्ने र आवश्यकता अनुसार नियमित मर्मत गर्ने, रेखदेख र सरसफाई गर्ने काम होटल हिमालयले गर्नेछ । होटेल हिमालयले निर्माण गरेका पार्कको सुरक्षाको लागि होटेलले महानगरसँग समन्वय गर्ने समझदारीपत्रमा उल्लेख छ । पार्क ६ महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।

WhatsApp Image 2023-03-18 at 12.54.051679129558.jpeg

 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार