चैत्र १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री दाहाल

शुक्रबार, चैत ३, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन–चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् । 
प्रधानमन्त्री दाहालले सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने पनि बताए । ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु,’ दाहालले भने । प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै अफ्ठ्यारो नरहेको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार