सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय संसद नयाँ बानेश्वरमा सुरू भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत मध्यान्न १२ बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ। सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३ सय ९२ मत खसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको हो । निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य , जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ ।