ललितपुर महानगरका सडकमा माटो खसाल्ने टिपरलाई कारबाही

नगर प्रमुख भन्छन् ‘कारबाही नगर्ने हो भने त, हामीले गरेको कामको के अर्थ ?’
बिहीबार, चैत २, २०७९

ललितपुर । ललितपुर महानगरले महानगरभित्रका सडकमा माटो खसाल्दै गुडेको टिपरलाई कारबाही गरेको छ । थापाथलीस्थित नर्भिक अस्पताल परिसरको माटोे हिरिसिद्धि पुर्‍याउने क्रममा पुल्चोकस्थित पेट्रोल पम्प, अल्का अस्पताल, जावलाखेल चोक, कुमारीपाटी, सातदोबाटो सडकमा उक्त टिपर माटो खसाल्दै गुडेको थियो । टिपरले बिहीबार महानगरमा १५ हजार जरिवाना तिरेको छ ।

335578981_1277994299761356_8216224640168445293_n1678978942.jpg

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरले सफा पारेको सडकमा माटो खसालेर फोहोर बनाएकोले टिपरलाई कारबाही गरेको बताए । उनले भने, ‘सडक सफा राख्न हामी दैनिक ब्रुमर चलाउँछौ, सडक सफा गर्ने जनशक्ति हुनुहुन्छ, हिलो, धुलो भयो भनेर पानीले पखाल्छौँ, सडक फोहोर बनाएकाले बनाएकाले कारबाही गर्‍यौं ।’ माटो बोक्दा व्यवस्थित तरीकाले बोक्नुपर्ने बताए ।

334901476_802276987990963_7542776116843690653_n1678978943.jpgउनले भने, ‘माटो छोप्नुपर्छ, खस्न दिनु हुँदैन ।’ सडक र सहर फोहोर बनाउने यस्ता गतिविधिलाई महानगरले सुक्ष्म तरीकाले निगरानी गरेको जानकारी दिए । जथाभावी गर्नेलाई कारबाही नगर्ने हो भने महानगरले सहर सुन्दर बनाउन गरेको सबै काम खेर जाने दाबी उनले गरे । महानगरको सफा सडक टिपरले बोकेको माटो खसेपछि सडक फोहोर भएको थियो । सडकको माटोमा चिप्लिएर मोटरसाइकल दुर्घटना समेत भएको छ । उनले भने, ‘जरिवानाको रकम हामी वृद्धि गर्छौ ।  'सहर सफा र सुन्दर बनाउने अभियान विरुद्ध लाग्ने जो कोहीलाई पनि कारबाही गर्ने उनको भनाई थियो । ललितपुर महानगर नगरप्रहरी प्रमुख सिताराम हाछेथुले सिटी क्यामेराको फुटेजको आधारमा सम्पूर्ण जानकारी प्राप्त भएको बताए । ती फुटेजको आधारमा टिपरले गल्ती गरेको निश्चित भएपछि महानगरले कारबाही गरेको हो ।

335573305_985402732842504_2904725621169534021_n1678978942.jpg

 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार