अब अर्काे गठबन्धन बन्दैन, संसद् विघटन पनि हुँदैन : विमलेन्द्र निधि (भिडियो) 

बिहीबार, चैत २, २०७९
मयुर प्लाई

ललितपुर । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन पाँच वर्ष जाने बताएका छन् ।
ललितपुरको प्रसिद्ध धार्मिक स्थल बगलामुखीको पूजा अचनापछि काँग्रेसका नेता कार्यकर्तासँगको भेटका क्रममा बिहीबार उनलले भने,‘अब अर्काे गठबन्धन पनि बन्दैन, संसद् विघटन पनि हुँदैन ।’
निर्वाचन अघिको गठबन्धन कायम हुन नसक्नुमा सबैको कमजोरी रह्यो नेता निधिले भने, ‘राष्ट्रपति निर्वाचनमा त्यो कोर्स करेक्सन भयो ।’
निर्वाचनका बेला बनेको गठबन्धन टिकाउन नसक्दा कार्यकर्तामा निराशा छाएको स्मरण गर्दै उनले भने,‘सरकारलाई विश्वासको मत दिएपछि अहिलेको वातावरण बनेको हो । सरकारलाई विश्वासको मत दिने काँग्रेसको निर्णय दुरदर्शी र परिपक्य निर्णय थियो भन्ने कुरा राष्ट्रपति निर्वाचनमा देखियो । यो निर्णय रिस्क लिएर गरिएको थियो । त्यसको परिणाम पनि आयो ।’
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार