सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायत दश दलको बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा समझदारी गर्ने विषयमा छलफल गरेका छन् । छलफलमा सत्ता गठबन्धनका तर्फबाट नै उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेकाले एकल उम्मेदवारको लागि पहल गरिएको छ । सत्ता गठबन्धनबाट जसपाबाट रामसहाय यादव, प्रमिला कुमारी, ममता झा उम्मेदवार छन् भने नेकपा एमालेका तर्फबाट अष्ट लक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा उपराष्ट्रपतिको निर्वाचनका निम्ति दश दलबीच समझदारी कायम गर्नेबारे छलफल भएको जानकारी माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताए । उनले भने, “छलफल सकारात्मक भएको छ, पुनः बिहीबार बसेर टुङ्गोमा पुग्नेछौँ ।” दश दलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सहभागी थिए ।