जेलिएका तार हटाएपछि ललितपुरका सम्पदा क्षेत्र सफा र सुन्दर देखिए

बुधबार, चैत १, २०७९

ललितपुर । ललितपुर महानगरभित्रका मुख्य सम्पदा क्षेत्रमा रहेका अव्यवस्थित तार हटाएपछि ती क्षेत्र सफा भएका छन् ।
ललितपुर महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापनका लागि सरोकारवालासँग बैठक गरेको थियो । उक्त बैठकमा पहिलो चरणमा महानगर भित्रका चार स्थान अशोक स्तुपा क्षेत्रमा टाँगिएका तार,  कुम्भेश्वर मन्दिर परिसरमा टाँगिएका तार, पाटन दरबार क्षेत्र वरपरका तार र श्री रातो मछिन्द्रनाथको रथ निर्माण गर्ने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएका तार इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन (आइएसपिए) को जिम्मेवारीमा दश दिन भित्र व्यवस्थापन गर्ने निर्णय भएको थियो । महानगर प्रमुख चिरीबाबु महर्जनले सहरलाई सुरक्षित र सुन्दर बनाउन ललितपुर महानगरले गरेको प्रारम्भिक प्रयास सफल भएको बताए । उनले भने, ‘दोस्रो चरणमा कुन क्षेत्रको तार व्यवस्थापन गर्ने बैठक बसेर निर्णय गर्छौ, बैठक छिट्टै राख्छौं ।’
तोकेको समय भन्दा तीन दिन अघि नै तार व्यवस्थापन गरेको भन्दै  नगर प्रमुख महर्जनले आइएसपीएलगायत सबैलाई धन्यवाद दिए । तार व्यवस्थापनमा आइएसपीएका प्रतिनिधि, महानगरका नगरप्रहरीलगायत सक्रिय रहेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार