सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमाले संसदीय दलको उपनेतामा सांसद सुवासचन्द्र नेम्वाङलाई मनोनित गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दलको उपनेतामा नेम्वाङलाई मनोनयन गरेका हुन् । एमाले संसदीय दलको कार्यालयका अनुसार अध्यक्ष ओलीले उपनेतामा नियुक्त भएका नेम्वाङले पदीय जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास लिएका छन् ।