सडक सुरक्षा र सवारी सम्बन्धी पुस्तक सार्वजनिक 

ललितपुर महानगरका विद्यालयमा सडक सुरक्षा र सवारी बारे पढाई हुने 

सोमबार, फागुन २९, २०७९

ललितपुर । ललितपुर महानगर भित्रका विद्यालयमा सडक सुरक्षा र सवारीसँग सम्बन्धित विषय औपचारिक रुपमा पढाई हुने भएको छ । पुस्तक विद्यालयको आधारभूत तहसम्म लागू गर्ने गरी स्थानीय पाठ्यक्रमका रुपमा महानगरले उक्त पुस्तकर तयार पारेको हो । 
ललितपुर महानगरले सडक सुरक्षा शिक्षा शीर्षकको पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरेपछि महानगरभित्रका विद्यार्थीले सडक सुरक्षा र सवारीसँग सम्बन्धित ज्ञान औपचारिक रुपमा कक्षाकोठाबाट नै प्राप्त गर्ने भएका हुन् । 
उक्त पुस्तकको सोमबार कलाकार मदनकृष्ण श्रेष्ठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र विभिन्न विद्यालयका २० जना विद्यार्थीले उक्त पुस्तक विमोचन गरे । पुस्तक आधारभूत तहसम्म लागू गर्ने गरी तयार पारिएको छ । 

335084416_931144004584244_371270091972102809_n1678705967.jpg

 

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले बालबालिकालाई विद्यालय तहबाट नै सडक सुरक्षासम्बन्धी ज्ञान दिनु आवश्यक भएकाले यो विषयलाई पाठ्यक्रममा नै राखेको बताए । 
उनले भने, ‘ माध्यमिक तहका लागि पनि पाठ्यक्रम तयार पार्दैछौ, त्यो पुस्तकमा लेफ्ट साइट ड्राइभिङ, राइट साइट ड्राइभिङको बारेमा पनि जानकारी दिने गरी विषयवस्तु समेट्छौं ।’  उपप्रमुख मञ्जली शाक्यले ललितपुर महानगरले व्यवहारिक ज्ञानलाई प्राथमिकता दिएको बताउँदै सडक सुरक्षा शिक्षालाई पाठ्यक्रममा नै राखेको बताइन् । यो पुस्तकले बालबालिकालाई सडक सुरक्षाको बारेमा ज्ञान दिने प्रष्ट पारिन् । 

1629887451.jpg
कलाकार मदनकृष्ण श्रेष्ठले सडकमा ट्राफिक नियम पालना गर्नु सभ्य नागरिकको परिचय भएको बताए । उनले भने, ‘ जसले कानुन मान्छ त्यो स्मार्ट हो, कानुन उल्लंघन गर्ने असम्य हुन् । ’ उनले यो पुस्तक दक्षिण एसियामा पहिलो भएको दाबी गरे । 
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले चेतना, सतर्कता र सुरक्षाको दृष्टि पुस्तक राम्रो भएको टिप्पणी गर्दै सडक सुरक्षाबारे विद्यार्थीलाई ज्ञान दिनु अत्यावश्यक भएको बताए । पाठ्यक्रममा राखिएको यो पुस्तकको अध्यापनले विद्यार्थी सडक सुरक्षाका बारेमा जानकार हुने प्रष्ट पारे । 

पुस्तकमा सडकमा हिँड्दा, सडकपेटी, बाटो काट्ने तरिका, ट्राफिक संकेतहरु, हेल्मेट र सिटबेल्ट , सबैका लागि सडक, खेलकुद र सडक, आकाशे पुल, सब वे, बसमा सुरक्षा, ताँती पङ्क्ति, मादक पदार्थ सेवन, ट्राफिक अंकल, साइकल, दुर्घटना र बच्ने उपाय, प्राथमिकता उपचार, म त ज्ञानी विद्यार्थी, सहि—गलत,ट्राफिक चिन्हहरुका बारेमा चित्र र अक्षरसहित व्याख्या गरिएको छ ।  

उक्त पुस्तक महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुले सम्पदन गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार