जथाभावी टाँगिएका सम्पदा क्षेत्रका तार काट्न ललितपुर महानगरको अल्टिमेटम 

१० दिनभित्र नहटाए महानगरले नै काट्ने 
सोमबार, फागुन २९, २०७९

ललितपुर । ललितपुर महानगरले जथाभावी टाँगिएका तारले सहरको सुन्दरतामा आँच पुर्‍याएको भन्दै सरोकारवालालाई  सम्पदा क्षेत्रको तार काट्न १० दिनको अल्टिमेट दिएको छ ।  ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई त्यस्तो अल्टिमेटम दिएको हो । नगर प्रमुख चिरीबाबु महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र काट्न निर्देशन दिए । महानगरको चारवटा अशोक स्तुपा क्षेत्र वरपर टाँगिएका तार, कुम्भेश्वर मन्दिर परिसरमा टाँगिएका तार, पाटन दरबार क्षेत्र वरपरका तार र श्री रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएका तार काट्नुपर्छ ।तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन (आइएसपिए) लाई ललितपुर महानगरले जिम्मा दिएको छ । तार व्यवस्थापन गर्न आइएसपिएलाई ललितपुर महानगरले नगरप्रहरीसहित अन्य आवश्यक सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । 

334443815_603558531190745_6374152273011360137_n1678703971.jpg
उनले भने, ‘महानगरले अन्य सरोकारवालासँग पनि समन्वय गर्छ , सम्पदाको सहर ललितपुरको शाख जोगाउन सहयोग गर्नुस्, सहर नै फोहोरी देखियो । 
नगर प्रमुख चिरीबाबु महर्जनले गुजुल्टिएको तारमा  आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि यी तार तत्काल हटाउनु पर्ने उनको भनाई थियो । यी तारका कारण सहर कुरुप भएको दाबी गर्दै भने, ‘नगर र नगरवासीको सुरक्षा पहिलो हो, यी तारले ललितपुरलाई स्मार्ट सिटी बनाउने हाम्रो अभियानलाई बाधा पुर्‍याएको छ ।’ 
नगर प्रमुख महर्जनले दश दिन भित्र तार नकाटे महानगरले नै काट्ने बताए । तार काट्दा आवश्यक तार पनि काटिन सक्ने तर्फ इंगित गर्दै उनले भने, ‘ मेसिन खरिद गरिसक्यौं, आफै काट्छौ,त्यो बेलाको ह्युमन क्राईलाई हामी व्यवस्थापन गर्छौ ।’

334304486_226199353129641_6465519866454549842_n1678703970.jpg
सडकमा गाडिएको खम्बा, घरको भित्तामा असरल्ल टाँगिएकोे तारको गुजुल्टोका कारण आफूलाई लज्जाबोध भएको नगर प्रमुख महर्जनले बताए । 
ललितपुर घुम्न आएका पर्यटक र कामका सिलसिलामा आफूलाई भेट्न आएका विदेशी पाहुनाले  ती असरल्ल तारका गुजुल्टाबारे टिप्पणी गरेको स्मरण गर्दै उनले भने,‘ललितपुरका मनमोहन, सम्पदाका तस्वीर खिज्न खोज्छौं, तर यी तार राम्रो तस्वीरका लागि बाधक भइदिन्छन् ।’ महानगरले चरणबद्ध रुपमा यी तारहरुको व्यवस्थापन गर्ने बताएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार