प्रमिला यादवले फिर्ता लिइन उपराष्ट्रपतिको उम्मेदवारी 

सोमबार, फागुन २९, २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकोतर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । 
पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेका सांसद रामसहायक यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन् । सांसद यादवले प्रेस विज्ञप्तिमार्फत लामो सङ्घर्ष र त्याग गर्नुभएका स्वच्छ छवि र उच्च विचारका रामसहायकलाई समर्थन गर्नाका साथै सहयोग गर्न  पनि सबैलाई आग्रह गरेकी छन् । 
‘अब उप्रान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माननीय यादवलाई आफ्नो अमूल्य मत लिई विजयी गराउन हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेशसभा सदस्यलाई अपिल गर्दछु’ विज्ञप्तिमा भनिएको छ । जसपाले संसदीय दलका नेता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उपराष्ट्रपतिका उम्मेदवार यादवले मागे माधव नेपालसँग मत
उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट गरी मत मागेका छन् । 
उनी अध्यक्ष नेपालको निवास पुगेर नेपालसहित उनको दलसँग उपराष्ट्रपति पदका लागि आफूलाई मत मागेका हुन् । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार