सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ । एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी ओलीले गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतकमा आइतबार नियुक्त गरेका हुन् । एमालेले लामो समयदेखि प्रमुख सचेतक र सचेतक नियुक्त गरेको थिएन । गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् भने बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।