सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्यागेका छन् । उनी काँग्रेसको वरिष्ठ नेता थिए । गत बिहीबार पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराएका हुन् । नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए उसको पद स्वतः रिक्त हुने उल्लेख छ ।
पौडेलले भोलि दिउँसो १ बजे शपथ लिँदै नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्दैछ । राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनु हुनेछ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।