सांसद उदयशमशेर राणाद्धारा नगरपालिकाको मुखपत्र गोदावरी सार्वजनिक

गोदावरी नगर प्रमुखले भने, ‘ठूला योजनाको जिम्मा माननीयज्यूलाई ।’

गोदावरी नगरपालिका सातौं वर्षमा प्रवेश
आइतबार, फागुन २८, २०७९

ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरभित्र सम्पन्न गर्नुपर्ने ठूला योजनाको जिम्मा ललितपुरबाट प्रतिनिधित्व गर्दै संघ र प्रदेशमा सांसदलाई लिइदिनु अनुरोध गरेका छन् ।  गोदावरी नगरपालिकाको सातौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले त्यस्तो अनुरोध गरेका हुन् ।

go1678596494.jpgउनले भने, ‘गोदावरी नगरपालिकाभित्र गर्नुपर्ने काम धेरै छन्, हामीसँग ती योजना सम्पन्न गर्न बजेट छैन, त्यसैले ललितपुरबाट निर्वाचित हुनुभएका माननीयज्यूहरुले ठूला योजनाको जिम्मा लिइदिनुपर्‍यो ।’ 
नगरप्रमुख महर्जनले संघ र प्रदेशले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने, ‘हामीले बनाएको बाटो एकदमै राम्रो छ,  दुई ठूला बाटोका कारण नगरवासीले हैरानी खेप्नु भएको छ, मुआब्जाको व्यवस्था गरेर यी बाटो फराकिलो बनाउन अनुरोध गरेँ ।’ 

Go 61678596478.jpg
ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य  उदयशमशेर राणाले आफ्नो निर्वाचन क्षेत्रको गोदवारी नगरपालिकाको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता बताए । उनले भने, ‘यस अघिका अर्थमन्त्रीसँग पनि कुरा गरेका थियौं, अब बन्ने अर्थमन्त्रीसँग पनि कुरा गर्छौ, बाटोको मुआब्जा दिएर बाटो फराकिलो बनाउनुपर्छ ।’ 

Go 21678596451.jpg
उनले समग्र ललितपुरका लागि सडक मात्रै होइन, व्यवस्थित र बलियो सडक आवश्यक भएको प्रष्ट पारे । गोदावरी नगरपालिकामा छोटो अवधिमा विकासका धेरै काम भएको बताए । विभिन्न राजनीतिक दलबाट निर्वाचित भएर आएका जनप्रतिनिधिबीचको एकता र समन्वयका कारण गोदावरी नगरपालिकामा विकास निर्माणको काम फटाफट भएको उनले प्रष्ट पारे 

Go 41678596464.jpg
बागमती प्रदेश ललितपुर क्षेत्र नं.१(ख) का सदस्य मीनकृष्ण महर्जन, बागमती प्रदेश ललितपुुर क्षेत्र नं.१ (क) का सदस्य मधुसुदन पौडेल, बागमती प्रदेश ललितपुर क्षेत्र नं.३ (१) का सदस्य रघुनाथ महर्जनले गोदावरीको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  
उपप्रमुख मुना अधिकारीले गोदावरी नगरपालिकाभित्र ठूला योजना सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै नगरको आर्थिक स्रोतले ती योजना सम्पन्न गर्न नसकिने प्रष्ट पारिन् । उनले भनिन्, ‘यसका लागि हामीलाई प्रदेश र संघले सहयोग गर्नुपर्छ, ती योजना सम्पन्न गर्नसके गोदावरीको मुहार फेरिन्छ ।’ 

Go 11678596447.jpg
नगरभित्र ६ वर्षको अवधिका धेरै काम भएको प्रष्ट पारिन् । कार्यक्रममा नगरदिवसको अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । यसैगरी कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद उदयशमशेर राणाले नगरपालिकाको मुखपत्र गोदावरी पत्रिकाको दोस्रो अंक सार्वजनिक गरेका थिए । त्यसैगरी नगरगान पनि सार्वजनिक गरिएको थियो ।

Go 51678596478.jpg

Go 31678596462.jpg

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार