रामसहाय यादवको उम्मेदवारीमा एमाले सांसद महेश बर्तौलाको उजुरी 

शनिबार, फागुन २७, २०७९

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी संविधान,ऐन र प्रचलित मान्यताविपरीत रहेको भन्दै खारेजी माग गर्दै निर्वाचन आयोग समक्ष उजुरी दिएको छ ।
एमाले सांसद महेश कुमार बर्तौलाले यादवको उम्मेदवारी खारेज हुनुपर्ने आधार र कारणसहित उजुरी दिएका छन् ।
उनले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना फरक लिङ्ग र समुदायको हुनुपर्ने र यसअघि सोही अभ्यास भएको समेत दाबी गरेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार