उपराष्ट्रपति उम्मेदवार तय गर्न एमालेको सचिवालय बैठक बस्दै

शनिबार, फागुन २७, २०७९

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । अहिले बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको हो । सचिवालय बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल हुनेछ । एमालेले उपराष्ट्रपतिमा कसलाई उठाउने भन्ने निर्णय लिइसकेको छैन । यो बैठकले उम्मेदवार तय गर्नेछ । आठ दलीय गठबन्धनबाट पनि उपराष्ट्रपतिको उम्मेदवार छनोट भइसकेको छैन । आज उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार