प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ सुरु

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो । यसअघि बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन ।
प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी गिरीले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार