लेलेमा महिलाका लागि क्यान्सर परीक्षण शिविर

बिहीबार, फागुन २५, २०७९

ललितपुर । सैनिक श्रीमती संघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पाठेघरको मुख र स्तन क्यान्सर परीक्षणका लागि निःशुल्क शिविर आयोजना गरेको छ । गोदावरी नगरपालिका वडा नं ५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल क्यान्सर केयर फाउन्डेसनसँग सहकार्य गरी संघले लेलेमा उक्त शिविर आयोजना गरेको हो । विशेषज्ञ डाक्टरहरुद्धारा शिविरमा आएका महिलाको पाठेघर र स्तन परीक्षण गरिएको थियो । परीक्षणमा समस्या देखिएकालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
श्री सूर्यदल गण देवीडाँडा ब्यारेक ललितपुरको संयोजनमा भएको उक्त शिविरमा २ सय ८० जनाले पाठेघर मुखको क्यान्सर परीक्षण गराएका थिए । तीमध्ये १४ जनामा समस्या देखिएकाे थियो ।

WhatsApp Image 2023-03-09 at 21.46.431678378957.jpegपरीक्षण गरिएका मध्ये १० जनालाई लेलेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरियो भने ४ जनालाई थप उपचार आवश्यक भएकाले अस्पताल पठाइएको थियो । यसैगरी स्तन क्यान्सर भए नभएको थाहा पाउन एक सय ८७ जना महिलाले परीक्षण गराएका थिए । ती मध्ये ९४ जनाको स्तनमा समस्या देखिएको थियो । परीक्षणमा संलग्न चिकित्सकका अनुसार थप उपचार आवश्यक पर्नेलाई सम्बन्धित अस्पतालमा पठाएको छ । शिविरमा परीक्षण गराएका तीनजनामा आङ खसेको पत्ता लागेको छ । उनीहरुलाई थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा बोलाइएको छ ।
क्यान्सर नसर्ने रोग हो । एक तथ्यांकका अनुसार उपचारका लागि आएका १०० जनामध्ये ७० जना विभिन्न प्रकारका नसर्ने रोगबाट प्रभावित हुने गरेका छन् ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिविरको उद्घाटन गर्दै यस्ता कार्यक्रमले नागरिक र सेनाबीचको सम्बन्ध प्रगाढ हुने बताए ।

WhatsApp Image 2023-03-09 at 21.46.271678378959.jpeg
महिलाको स्वास्थ्यलाई प्राथमिकता दिएर यो कार्यक्रम राखेकोमा संघलाई नगर प्रमुख महर्जनले धन्यवाद दिए । गोदावरी नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत उनले कार्यक्रममा जानकारी दिए ।
गोदावरी नगरपालिका वडा नंं. ५ का अध्यक्ष मिलन सिल्वालले अन्तर्राष्ट्रिय महिला दिवसको दिन महिलाको स्वास्थ्यलाई प्राथमिकता दिएर शिविर राखिनु दिवस मनाउनुको सार्थक हुने धारणा राखे । यस्ता कार्यक्रम आयोजना गर्दा महिलाको सम्मान भएको स्पष्ट देखिने उनले बताए ।
सैनिक श्रीमती संघका सचिव शोभाना पौडेलले नेपाली सेना र श्रीमती संघले विपद््ले निम्त्याउने समस्याबाट प्रभावित भएकालाई सहयोग गर्दै आएको जानकारी दिइन् । उनले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकता राखेर काम गरेको उल्लेख गरिन् । शोभानाले गोदावरी नगरपालिका परिवार, सूर्यदल गणका राज कार्कीलगायतलाई धन्यवाद दिइन् । कार्यक्रममा ललितपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणा पनि उपस्थित थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार