नवनिर्वाचित राष्ट्रपतिको शपथ सोमवार, कामु प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ खुवाउने

बिहीबार, फागुन २५, २०७९
मयुर प्लाई

काठमाडौं । राष्ट्रपति निर्वाचितमा रामचन्द्र पौडेलले सोमबार पद था गोपनीयताको शपथ खाने तय भएको छ ।  नवनिर्वाचित राष्ट्रपतिलाई सोमवार कामु प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदै छ ।

pro_ktm_pm_president1(1)1678375507.jpg
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज साँझ नै पौडेललाई राष्ट्रपति निर्वाचित भएको प्रमाण पत्र दिए । नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल नेपालको तेस्रो राष्ट्रपति छानिएका हुन् । दुवै उम्मेदवार पूर्वमन्त्री र पूर्वसभामुख हुन् । पौडेलले ३३,८०२ मत प्राप्त गरेको अधिकारीहरूले बताएका छन् । पराजित उम्मेदवार नेम्वाङले १५,५१८ मत पाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई बधाई दिएका छन् ।
नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा बिहीवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।
मतदानमा ३३१ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी कुल ८३१ जना सहभागी भएका थिए ।

202303091852-28ff66c5-afd3-4e23-94ec-cef4722ab8da_medium1678376484.jpg
पौडेललाई कांग्रेससहित माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार चयन गरेका थिए । नेम्वाङलाई एमालेको मात्र साथ थियो ।  नेपालको कानुन अनुसार राष्ट्रपति निर्वाचनमा सर्वसाधारण मतदाताले भोट हाल्न पाउँदैनन्। निर्वाचनमा मतदान गर्न योग्य सांसदमध्ये ५१ जना सहभागी भएनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका र नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका थिए ।
स्वास्थोपचारका लागि भारतमा भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी पनि मतदान गर्न उपस्थित हुन सकेनन् भने जनता समाजवादी पार्टीका एक सांसद पनि अनुपस्थित रहे ।
अस्वस्थ रहेका कारण नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन पनि मतदानमा सहभागी हुन सकेनन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान
नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार भएका कांग्रेसका वरिष्ठ नेता पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएका थिए ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, निर्वाचन आयोगका आयुक्तहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २१:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार