टीआरसी विधेयक संसदमा दर्ता

बिहीबार, फागुन २५, २०७९
मयुर प्लाई

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक संसदमा दर्ता गराएको छ ।
मन्त्रिपरिषदको निर्णय बमोजिम सरकारले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मलपिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गराएको हो । दर्ता भएको विधेयक दुई दिनभित्रै सबै सदस्यहरुलाई वितरण गरिने संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । 
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो । विधेयकमा आयोगको अवधि २ वर्ष राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार