चितवन–२ को उपनिर्वाचनका लागि १८ दल दर्ता 

बिहीबार, फागुन २५, २०७९
मयुर प्लाई

काठमाडौं । वैशाख १० गते आइतबार सम्पन्न हुने चितवन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि १८ वटा राजनीतिक दल दर्ता भएका छन् । नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को अनुसूची–१२ बमोजिम ती दलहरुरू दर्ता भएका निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनःजागरण पार्टी, नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, नेपाली कांग्रेस (बिपी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जय जन्मभूमि पार्टी नेपाल दर्ता भएका छन् । 

Press Statement-11678360282.jpg

Press Satement-21678360281.jpg

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार