राष्ट्रपतिमा निर्वाचित उम्मेदवारलाई आजै प्रमाणपत्र

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ । राष्ट्रपति पदमा निर्वाचित उम्मेदवारलाई आजै प्रमाणपत्र दिइने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित हुने उम्मेदवारलाई आजै प्रमाणपत्र दिने निर्णय गरेको हो । मतगणनासहितका विषयमा राष्ट्रपति उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेपछि आयोगले यो निर्णय गरेको हो । बैठकले दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने जनाएको छ । स्वस्तिक छाप नभएको मत बदर हुने तथा सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग नगरे बदर हुने पनि बैठकले निर्णय गरेको छ । मत गणनाका लागि संघीय संसद् र प्रदेश सभाको अलगअलग व्यवस्था गरिने, मतपेटिका खोल्दा पत्रकारको उपस्थितिलाई खुल्ला गरिने, मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक–एक जना गणना प्रतिनिधि रहने निर्णय भएको छ । बैठकमा राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङका प्रतिनिधि महेश बर्तौला तथा रामचन्द्र पौडेलका प्रतिनिधि रमेश लेखकको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार