सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनको मतदाना जारी छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले २ बजेसम्म २९७ संघीय सांसदले र प्रदेशसभा तर्फ ५१५ जना सांसदले मतदान गरेका छन् । दिउसो ३ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ ।
निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेका छन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।