सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिने रास्वपाको निर्णय 

बिहीबार, फागुन २५, २०७९

काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । 
संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।
मतदान जारी रहेका बेला बसेको रास्वपा बैठकले पौडेललाई मत दिने निर्णय गरेको हो । रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार