सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा राजनीतिक दलका शीर्ष नेताहरुले मतदान गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ बीचको प्रतिस्पर्धामा राजनीतिक दलका शीर्ष नेताहरुले मतदान गरेका हुन् ।
अहिलेसम्म मतदान गर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत छन् । मतदान जारी छ ।
संघीय सांसदका लागि अलग मतदान केन्द्र छ भने प्रदेश सांसदका लागि अलग मतदान केन्द्र तय गरिएको छ । मतदान स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीका शीर्ष नेता, संघीय सांसद र प्रदेश सांसदहरुको उपस्थिति छ ।