ललितपुर महानगर वडा नं १० ले आफ्नै भवन बनाउँदै

बुधबार, फागुन २४, २०७९

ललितपुर । ललितपुर महानगरको वडा नंं १० को आफ्नै भवन बन्ने भएको छ । उक्त भवनको बुधबार ललितपुर नगरका प्रमुख चिरीबाबु महर्जन र वडा नं.१० का पूर्ववडाअध्यक्ष नरसिंह व्यञ्जनकारले संयुक्त रुपमा भवनको शिलान्यास गरे । भवनको शिलान्यास गर्दै महानगर प्रमुख महर्जनले महानगरको २० वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भइसकेको बताए । महानगरले बनाएका सबै संरचना अपाङ्गतामैत्री भएको उनले जानकारी दिए ।

WhatsApp Image 2023-03-08 at 20.02.311678286704.jpegउनले भने, ‘स्थानीय तहको निर्वाचन २०७४ पछि महानगरमा पनि लिफ्ट जोड्यौं अहिले ह्वीलचियर प्रयोगकर्ता माथिल्लो तल्लामा सजिलै पुग्न सक्नुहुन्छ ।’ महानगरभित्र बनेका सबै संरचना अपाङ्गतामैत्री भएको उनले बताए । वडा भवन कुपुण्डोलमा निर्माण हुनेछ । कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य ,वडा. १० अध्यक्षलगायतको उपस्थिति थियो ।

WhatsApp Image 2023-03-08 at 20.01.351678286703.jpeg

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  २०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार