भोलि राष्ट्रपति निर्वाचन, राप्रपाका सांसदले मतदान नगर्ने

बुधबार, फागुन २४, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएका छन् । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको हो । राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । पार्टी कार्यालय, धुम्बाराहीमा बसेको बैठकले मतदान नगर्ने निर्ण गरेको  प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । कार्यसम्पाद समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले तटस्थ बस्नुपर्ने धारणा राखेका थिए । पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार